site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत बाहिर बाँडिदैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत गठबन्धनभन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् । 

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले भने, “निश्चित मानिसहरू मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उमेदवारहरूभन्दा बाहिर मत जाने स्थिति हुँदैन ।”

Argakhachi Cement Island Ad

उनले मतदाता प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहेकाले उनीहरू आफ्ना आफ्ना पार्टीका नेता भएकाले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नेमा विश्वस्त रहेको बताए ।

एउटा पार्टीका उमेदवारले अर्को पार्टीका उमेदवार नचिन्ने भएको हुँदा अहिले राष्ट्रियसभामा आफ्ना उमेदवार जिताउन गठबन्धनले बनाएको राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समिति, प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिहरु मतदातासँग उमेदवारको चिनजान गराउन लाग्ने उनको भनाइ थियो । 

राष्ट्रियसभा निर्वाचन केन्द्रयि समन्वय समितिले बुधबारबाटै काम सुरु गरिसकेको बताए । पहिलो चरणमा सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय भएको पनि लेखकले बताए ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्