site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झिल्टुङ क्रसकन्ट्री दौडको आठौँ संस्करण माघ पहिलो साता हुने 
SkywellSkywell

काठमाडौं । नुवाकोटको बेलकोटगढीमा हुने झिल्टुङ क्रसकन्ट्री दौडको आठौँ संस्करण माघ ६ गते हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।

नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा–५ को आयोजनामा हुने प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालले प्राविधिक सहयोग तथा संयोजन गर्ने छ ।

KFC Island Ad
NIC Asia

प्रतियोगिता बेलकोटगढी वडा–५ स्थित कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, खड्ङ्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुने छ । दौडको दुरी १३.४ किलोमिटर कच्ची बाटो छ । 

प्रतियोगितामा खुला महिला/पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष, खुला जुनियर १६ वर्ष मुनिका छात्रा/छात्र, स्थानीय १६ वर्ष मुनिका छात्रा/ छात्र, ४५ वर्षमाथिका स्थानिय पुरुष र स्थानीय आमा समूह गरी १० विधा समेटिएको छ ।

Royal Enfield Island Ad

जसमा खुला महिला/पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष १३.४ तथा अन्य ४.५ किमिको हुने छ । 

खुला महिला/पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले  १० हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । स्थानीय खुलातर्फको विजेतालाई १० हजार, उपविजेतालाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार प्रदान गरिने छ । भेट्रान खुला पुरुषतर्फका शीर्ष तीनले आठ हजार, ६ हजार र चार हजार पाउने छन् ।

खुला जुनियर १६ वर्षमुनिका छात्रा/छात्र, स्थानीय १६ वर्षमुनिका छात्र/छात्र तथा ४५ वर्षमाथिका स्थानिय पुरुषतर्फका शीर्ष तीनलाई ६ हजार, चारहजार र दुई हजार प्रदान गरिने छ । स्थानीय आमा समूहतर्फको विजेताले १२ हजार, उपविजेताले नौ हजार र तेस्रो स्थान हासिल गर्नेले ६ हजार प्राप्त गर्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro