राजनीति
काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।
राष्ट्रियसभामा भागबन्डा मिलाउन बैठक बसिरहेको एक नेताले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन् ।
हिजो (शनिबार) राति अबेरसम्म बसेर प्रारम्भिक खाका तयार पारेका थिए । जसअनुसार कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिट पाउने गरी सहमतिको प्रस्ताव गरिएको छ । सोही विषयलाई अन्तिम रुप दिन बैठक बसिरहेको नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० ०९:५१
प्रतिक्रिया दिनुहोस्