देश
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका दरखास्त माग गरिएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दश दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिने व्यक्तिले बढीमा तीन हजार शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र र पाँच हजार शब्दको चार वर्षे व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८० ०८:५१
प्रतिक्रिया दिनुहोस्