site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभामा गठबन्धनसँग एमालेले भाग खोज्नु दुःखद : महर
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभा निर्वाचनमा भागवण्डा खोज्नु दुःखद भएको बताएका छन् । 

उनले लोकतन्त्र सत्ता र प्रतिपक्षी दल हुने भन्दै प्रतिपक्षविहीन व्यवस्था बनाउन खोजिएकोमा चिन्ता व्यक्त गरे । प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रियसभामा सिटको भाग खोज्नु र सत्ता गठबन्धनका दलहरू भाग दिने पक्षमा सकारात्मक हुनु दुःखद भएको महरको भनाइ छ । 

“विकास र समृद्धिमा सधैँ नेताहरूमा मतभेद पाइन्छ । कुर्सी र सत्ता प्राप्तिका लागि भने जस्तोसुकै सम्झौता गर्न राजनीतिक दल पछि नहट्नु लोकतन्त्रका लागि लज्जाको विषय हो,” उनले भने । 

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले नै सत्तासँग बार्गेनिङ गरेपछि नेताहरूको अर्को आलोचना भइरहेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro