site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री साउद र भारतका विदेशमन्त्री जयशंकरबीच के के विषयमा छलफल भयो ? 

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबीच द्विपक्षीय भेटवार्ता भएको छ । 

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु हुनुअघि उनीहरूबीच बिहीबार होटल याक एण्ड यतीमा भेटवार्ता भएको हो । 

Dabur Nepal
NIC Asia

“आज भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग द्विपक्षीय भेट गर्न पाउँदा खुसी लागेको छ । हामीले नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकको सहअध्यक्षता पनि गर्यौं,” परराष्ट्रमन्त्री साउदले भनेका छन् । 

परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्रीसँगको भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जनाएका छन् ।

“आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति, राजनीतिकलगायत क्षेत्रगत विषयमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भयो,” उनले भने । 

भारतीय विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार बिहान काठमाडौं आएका हुन् । 

उनले काठमाडौं आएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका थिए । उनले बिहीबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro