site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचनका अधिृकत फेरिए 

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत फेरिएका छन् । निर्वाचन अधिकृतमा नियुक्त भएका जिल्ला न्यायाधीश उच्च अदालतका न्यायाधीश नियुक्त भएपछि फेरिएका हुन् । 

निर्वाचन आयोगले पुुस १२ गते कोसी प्रदेशका लागि दुर्गाप्रसाद ढुंगेल, मधेस प्रदेशका लागि नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओमप्रसाद अर्याललाई अधिकृतमा नियुक्त गरेको थियो । 

Dabur Nepal
NIC Asia

पुस १८ गतेको न्याय परिषद्ले उनीहरूलाई उच्च अदालतको न्यायाधीश नियुक्तिको निर्णय गरेको थियो । त्यसपछि आयोगले जिल्ला न्यायाधीशहरूलाई अधिकृत तोकेको हो । आायोगका प्रवक्ता शालिग्राम शर्मा पौडेका अनुसार वाग्मती प्रदेशका लागि अधिकृत तोकिएका महेन्द्रबहादुर कार्कीले स्वास्थ्य समस्याका कारण काम गर्न नसक्ने जनाएपछि त्यहाँ पनि अधिकृत फेरिएको छ । 

आयोगका अनुसार अब कोसी प्रदेशमा मोरङका जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम, मधेसमा धनुषा अदालतका न्यायाधीश चित्रबहादु्र गुरुङलाई अधिकृत नियुक्त गरिएको छ ।

त्यस्तै, वाग्मतीमा जिल्ला न्यायाधीश श्रीप्रसाद सन्जेल, गण्डकीमा ऋषिराम आचार्य, लुम्बिनीमा कुलप्रसाद पाण्डेलाई निर्वाचन अधिृकत नियुक्त गरिएको छ । कर्णालीमा न्यायाधीश मनोज श्रेष्ठ, सुदूरपश्चिममा विष्णुप्रसाद अवस्थीलाई नियुक्त गरिएको पौडेलले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro