site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी एमालेले सिफारिस गर्‍यो ९ जना

पोखरा । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि एमाले गण्डकीले ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । गण्डकीमा अन्य, अपाङ्गता/अल्पसंख्यक र महिला क्लस्टरका गरी तीनजना राष्ट्रियसभाको पदरिक्त हुँदै छ ।

पद रिक्त हुनेमा बहालवाला अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थ छन् । तिमिल्सिना र गुरुङ एमालेबाट अन्य र महिला क्लस्टरमा निर्वाचित भएका थिए । अपाङ्गता/अल्पसंख्यक क्लस्टरमा कांग्रेसका पन्थ निर्विरोध निर्वाचित भएका थिए ।

यी तीनैजनाको ६ वर्षे कार्यकाल पूरा भएका कारण गण्डकीमा निर्वाचन हुँदै छ । त्यसकै लागि आकांक्षीको नाम बुधबार एमालेको प्रदेश कमिटीले केन्द्रमा पठाएको हो ।

एमाले गण्डकीले हरेक क्लस्टरमा तीनजना आकांक्षीको नाम समेटेर ९ जनाको नाम पठाएको हो ।

महिला क्लस्टरमा गोरखाबाट सम्झना देवकोटा, कास्कीबाट सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको नाम सिफारिस गरिएको छ ।

अल्पसंख्यक/अपाङ्गता क्लस्टरमा कास्कीका मेघराज आचार्य, गोरखाकी मिना वराम र मुस्ताङका हेमन्त शेरचनको नाम सिफारिस भएको छ ।

अन्य क्लस्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायको नाम पठाएको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro