देश
काठमाडौं । उच्च अदालत पाटनले एनसेल खरिदबिक्री प्रकरणमा किनबेचमा संलग्न कम्पनीहरूलाई ईमेल पठाएको प्रमाणसहित तामेलीको सूचना पत्रिकामा प्रकाशन गर्न आदेश दिएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले मलेसियन कम्पनी एक्जियाटा र स्पेक्ट्रोलाइट यूकेका नाममा ईमेल गरेको प्रमाणसहित ‘द राइजिङ नेपाल’मा म्याद तामेलीको सूचना प्रकाशित गर्न आदेश दिएको हो ।
बाजुराका गोकुलप्रसाद रोकायाको रिटमा संयुक्त इजलासले अन्तरिम आदेश प्रयोजनका लागि यही पुस २५ गतेको पेसी तोक्दै त्यतिन्जेलसम्म यसअघि दिइएको अल्पकालीन अन्तरिम आदेश पनि निरन्तर हुने भनेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८० १८:२१
प्रतिक्रिया दिनुहोस्