site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्वोच्चको मुख्य रजिस्ट्रारमा ढकाल र रजिस्ट्रारमा पौडेल सिफारिस 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल र रजिस्ट्रारमा विमलप्रसाद पौडेल सिफारिस भएका छन् ।

यही पुस ८ गते मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद खाली भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

न्याय सेवा आयोगले बुधबार न्याय परिषद् सचिवालयको सचिवमा कार्यरत ढकाललाई मुख्य रजिस्ट्रारमा र सर्वोच्च अदालतका पूर्वप्रवक्ता पौडेललाई रजिस्ट्रारमा सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा हुने न्याय सेवा आयोगमा कानुनमन्त्री धनराज गुरुङ,  वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, महान्यायाधिवक्ता दिनमणि पोखरेल, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी सदस्य छन् ।

Global Ime bank

आयोगले सर्वसम्मतरूपमा मुख्य रजिस्ट्रार र रजिस्ट्रारको नाम सिफारिस गरेको हो ।

अब उनीहरूको नाम मन्त्रिपरिषद्‌बाट अनुमोदन भएपछि नियुक्ति हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement