देश

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई खोया प्रहार गरेको आरोप लागेका लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् ।
लामिछानेमाथि खोया प्रहार भए पनि प्रहरीले उनलाई उजुरीबिना नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उनको पक्राउबारे ड्युटीमा रहेका प्रहरीलाई डिस्टर्ब गरेको, अपशब्द बोलेको आन्तरिक प्रतिवेदन बनाएर अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार रानाभाटलाई साधारण तारेखमा छाडेको हो ।
उनलाई आर्थिक कारबाही पनि नगरी साधारण तारेखमा छोड्ने आदेश प्रशासनले दिएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८० २१:२७
प्रतिक्रिया दिनुहोस्