site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषिमन्त्री भुसालले गरे दुग्ध वितरण आयोजनाको छड्के अनुगमन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले बालाजु दुग्ध वितरण आयोजनाको आज छड्के अनुगमन गरेका छन् ।

आयोजनाले लामो समयदेखि किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको गुनासो आएपछि मन्त्री भुसालले छड्के अनुगमन गरेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मन्त्री भुसालको नेतृत्वमा मन्त्रालयका सचिव रेवतीरमण पौडेलसहितको टोलीले गरेको अनुगमनका क्रममा आयोजनाका २५१ कर्मचारीमध्ये ८३ जना अनुपस्थित रहेको पाइएको थियो

मन्त्री भुसालले आयोजा प्रमुख गणेशकुमार यादवलाई आयोजना सञ्चालन देखिएका बेथितिलाई तत्काल सुधार्न निर्देशन दिए । अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उनले आयोजनाका सुधारका लागि आवश्यक निर्णय गर्ने जानकारी गराए ।

Royal Enfield Island Ad

मन्त्री भुसालले आयोजनामा देखिएका कमीकमजोरी न्यूनीकरण गर्न मन्त्रालयमा आवश्यक अध्ययनपछि पदीय जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए ।

किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई कटौती गर्ने बताउँदै उनले भने, “दुग्ध विकास संस्थान निरन्तर घाटामा गइरहेको छ । संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन् । पटकपटक संस्थान सुधारका लागि मौखिक र लिखित निर्देशन दिइएको छ ।” 

केही महिना अगाडि खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिए पनि अझै नष्ट नगरेको पाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  २०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro