site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापान भूकम्पमा मृत्यु हुनेको संख्या २० पुग्यो
तस्बिर : क्योदो/रोयटर्स ।

काठमाडौं । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । मध्यजापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि भएको हो ।

त्यहाँको राष्ट्रिय समाचार एजेन्सी क्योदोले स्थानीय अधिकारीलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई ‘समयसँगको लडाइँ’को संज्ञा दिएका छन् ।

सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने उनले बताए ।

सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्प गएका थिए । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई ‘२०२४ नोटो प्रायद्वीप भूकम्प’को नाम दिएको छ । सोमबारदेखि जापानमा १५५ परकम्प मापन गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro