site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले गण्डकीले १० करोडको घर किन्न कसरी उठाउँदै छ पैसा ?
Sarbottam CementSarbottam Cement

पोखरा । एमाले गण्डकीले झन्डै १० करोड पर्ने घर पार्टी कार्यालय प्रयोजनका लागि खरिद गर्ने भएको छ । गण्डकी प्रदेश कमिटीले अधिवेशनपछिको पहिलो बैठकमा नै घर किन्ने योजनाबारे सदस्यहरूलाई जानकारी गराएको हो ।

त्यसका लागि एमालेले प्रत्येक पार्टी सदस्यहरूबाट पाँच सय रुपैयाँ उठाउने छ ।

“गण्डकीमा हाम्रा ६३ हजार सदस्यहरू हुनुहुन्छ । उहाँहरूबाट कम्तीमा पाँच सय रुपैयाँ उठाउने छौँ,” एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेको अहिलेको पार्टी कार्यालय पोखरा नयाँ बजारमा छ । त्यहाँ उसले मासिक भाडा तिरेर कार्यसञ्चालन गर्दै आइरहेको छ । तर, कुनै बैठक गर्नुपरे पार्टी प्यालेस नै धाउनुपर्ने बाध्यता छ ।
त्यसका लागि आफ्नै भवन खरिद गर्न लागिएको दवाडीले बताए ।

एमालेले पोखरा ८ सिर्जनाचोकमा साढे पाँच तले घर किन्न लागेको हो । त्यसका लागि १५ लाख रुपैयाँ बैना दिइसकेको छ ।

Global Ime bank

खरिद गर्न लागेको यो भवनमा पहिला रेडियो स्टेसन र इन्टरनेटको अफिस थियो । दुवैले छोडेपछि र आर्थिक मन्दीको समयमा भवन किन्ने पाएपछि घरधनीले बेच्ने निधो गरेका हुन् ।

९ करोड ३५ लाखमा यो घर चैत मसान्तभित्रै पास गर्ने सम्झौता भइसकेको छ । त्यसलाई फर्निसिङको आवश्यकता छ । बैठक हल, पदाधिकारीका कोठा, आवश्यकता अनुसार फर्निचर, रंगरोगन गर्दा ११ करोड रुपैयाँ खर्च हुने अनुमान एमालेको छ ।

यसका लागि रकम व्यवस्थापन गर्न पार्टी सदस्यबाट पाँच सयका दरले रकम उठाउँदा ३ करोड १५ लाख रुपैयाँ संकलन हुन्छ ।

बाँकी रकम भने शुभेच्छुक र चन्दादाताबाट संकलन गरिने दवाडीले बताए । जिल्ला कमिटीलाई पनि भवन खरिद बारे कार्ययोजना छिट्टै पठाइने उनले बताए ।

“भवन किन्ने भनेर कुराकानी भएको छ । त्यसको निमित्त रकम उठाउने कार्ययोजना बनाएर जिल्लामा पठाउने छौँ,” दवाडीले भने ।

आफ्ना पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँग पनि एमालेले रकम संकलन गर्ने तयारी गरेको छ ।

गण्डकीबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र उनीहरूका स्वकीय, प्रदेश सांसद र स्वकीय, पालिका प्रमुख र उपप्रमुख, एमालेमा आस्था राख्ने कर्मचारी, शिक्षकसँग एक महिनाको पारिश्रमिक सहयोगबापत माग्ने योजना एमालेको छ । यसबाट एक करोड रुपैयाँ उठ्ने हिसाब छ ।  

आर्थिक अवस्था राम्रो भएका ५ सय जना सदस्यबाट १/१ लाख, अझै सम्पन्नशाली १० जनाबाट १०–१० लाख गरेर रकम जुटाउने योजना एमालेको छ ।

पार्टी कार्यालय बनाउन लागेको थाहा पाएपछि प्रतिनिधिसभा सदस्य प्रभु ग्रुपका प्रमुख देवी भट्टचनले १० लाख रुपैयाँ दिइसकेका छन् । 

यसबाहेक एमालेले गण्डकी प्रदेश अन्तर्गत जिल्ला अधिवेशनहरू चैतभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । एघारै जिल्लाको अधिवेशन चैतभित्र सक्ने निर्णय भएको दवाडीले बताए । त्यसअघि माघभित्र जनवर्गीय संगठनको अधिवेशन हुने उनले जानकारी दिए ।

बैठकले पार्टी कमिटीका सदस्यहरूको कार्य विभाजन पनि गरेको छ । निर्वाचन क्षेत्र, भूगोल, जिल्ला, पालिका, जनवर्गीय संगठन विभागीय जिम्मेवारी तोकिएको एमालेले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC