site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रकाशमान कार्यवाहक प्रधानमन्त्री
प्रकाशमान सिंह । फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सिंहलाई उक्त जिम्मेवारी दिइएको हो ।

६ दिने औपचारिक भ्रमणका निम्ति प्रधानमन्त्री ओली शनिबार (असार १४) स्पेन प्रस्थान गरेका छन् । असार १६ देखि १९ गतेसम्म आयोजना गरिने ‘विकासका निम्ति वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा उनी सहभागी हुनेछन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य सिंहले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्