site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सीके राउत पक्राउबारे सभामुखले लिए जानकारी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सांसद सीके राउतसहितका नेता पक्राउबारे सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरबाट जानकारी लिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउबारे फोन सम्पर्कमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले हिरासतमै गएर नेताहरू छुटाउने बताएका थिए ।

Dabur Nepal
NIC Asia

लगत्तै भृकुटीमण्डप पुगेर गृहमन्त्रीले उनीहरू छुटेको जानकारी दिएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रहरीले भने मन्त्री अनितालाई नियन्त्रणमा नलिएको जनाएको छ । तर, उनी भृकुटीमण्डप पुगेकी थिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro