site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले तोकेको निषेधित क्षेत्र तोड्न मन्त्री नै पुगिन् माइतीघर
तस्बिर : सीके राउतको सचिवालय ।

काठमाडौं । गृह मन्त्रालयले तोकेको निषेधित क्षेत्र तोड्न मन्त्री नै माइतीघर पुगेको खुलेको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतसहित सो पार्टीका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेकी अनिता देवी समेत सोमबार माइतीघर पुगेको खुलेको हो । ‘धोती दिवस’ मनाउने भन्दै मन्त्री अनितासहित जनमत पार्टीका नेता–कार्यकर्ता निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए ।

अध्यक्ष राउतसहित सो पार्टीका ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

उनीहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ । मन्त्री अनितालाई भने नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ । तर, उनी भृकुटीमण्डप पुगेकी छन् ।

उनले पार्टी अध्यक्ष राउतसहितका नेता–कार्यकर्ता रिहा नहुँदासम्म आफू भृकुटीमण्डपमै बस्ने बताएकी छन् ।

मन्त्री अनिताका स्वकीय सचिव नवरन्त शाहले बाह्रखरीसित भने, “मन्त्रीज्यू पनि भृकुटीमण्डपमै हुनुहुन्छ । हाम्रो पार्टीका सबै रिहा नुहँदासम्म यतै बस्ने भन्नुभएको छ ।” 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro