site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । जापानमा सोमबार निरन्तर भूकम्प गएसँगै सुनामीको चेतावनी दिइएको छ । भूकम्पमध्ये मध्य जापानको नोटो क्षेत्रमा एउटा ७.६ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ ।

भूकम्पपछि सुनामी आउनसक्ने र पानीको सतह पाँच मिटरसम्म पुग्न सक्ने जापानको सार्वजनिक प्रसारक एनएचके टिभीले उल्लेख गरेको छ ।

सुनामीका कारण मानिसहरूलाई अग्लो स्थान वा भवनमा चढ्न आग्रह गरिएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सुनामीले क्षति पुर्‍याउनसक्ने क्षेत्रका बासिन्दालाई खाली गर्न आह्वान गरेका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीले तटीय क्षेत्रमा सुनामीको चेतावनी प्रवाह गरिएको बताएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro