बाह्रखरी फोटो
काठमाडौं । गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै छन् । हरेक वर्ष पुस १५ गतेका दिनमा गुरुङ समुदायले तमु ल्होसार मनाउने गर्दछन् । यो ल्होसारलाई तोला ल्होसार पनि भन्ने गरिन्छ ।
गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । गुरुङ समुदायले तमु ल्होसारका अवसरमा आफ्नो भेषभुषा, नयाँ परिकार ग्रहण गरी हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । त्यसअघि बसन्तपुरबाट टुँडिखेलसम्म र्याली निकालिएको छ ।
तस्बिरहरू हेर्नोस्
प्रकाशित मिति: आइतबार, पुस १५, २०८० १३:२८
प्रतिक्रिया दिनुहोस्