site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले तोक्यो राष्ट्रियसभा सदस्य उमेदवारको मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य उमेदवारका निम्ति मापदण्ड बनाएको छ । केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस नेता मीनबहादुर विश्वकर्माले मापदण्ड बनाइएको बताए ।

बिहीबारदेखि सुरु भएको सो बैठक शनिबार सकिएको हो । अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समय काम गरेका तर पटक–पटक छुटेका व्यक्तिहरू र समुदाय तथा भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय बैठकबाट गरिएको उनले जानकारी दिए ।

“बैठकले पाँचवटा प्रस्ताव प्रस्तुत गरेको भए पनि निर्णयमा मुख्य नौवटा निर्णय गरेको छ । यसमा समसामयिक राजनीतिक विषयमा राष्ट्रियसभा समेतलाई जोडेर राष्ट्रियसभाको उमेदवार कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने एउटा निश्चित मापदण्ड तोकेको छ,” उनले भने ।

परिवर्तित महासमिति बैठकको मिति पनि केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरिएको उनले बताए ।

यस्तै, समुदायमा कांग्रेस भन्ने कार्यक्रमलाई आउँदो माघ ७ देखि २२ गतेसम्म सम्पन्न गर्ने, जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावित परिवारका निम्ति एक हजार अस्थायी घरटहरा बनाइसकेकामा धन्यवाद दिने र बाँकी बनाउँदै जाने निर्णय गरिएको उनले बताए ।

चाँडोभन्दा चाँडो घरबारविहीनलाई छानामुनि ल्याउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ । जनताले महसुस गर्ने गरी सुशासन सेवा प्रवाह गर्न सरकारसँग माग गर्ने निर्णय केन्द्रीय समितिबाट गरिएको उनले जानकारी दिए ।

“हिजो मात्रै बालकुमारीमा भएको घटनामा दुईजनाको ज्यान गएको छ । कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिने कुरा, घाइतेहरूको उपचार र परिवारजनमा परेको जुन क्षति छ, त्यसमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ,” नेता विश्वकर्माले निर्णय जानकारी गराए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  २१:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro