site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किन चर्कियो ‘कामदार भिसा’मा कोरिया जान चाहनेको आन्दोलन ?

काठमाडौं । दक्षिण कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन पाउनुपर्ने माग राख्दै गत केही दिनदेखि युवाहरू आन्दोलनमा छन् । शुक्रबार ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा प्रर्शनकारीहरूले आन्दोलन थप चर्कियो ।

प्रदर्शनकारीहरूले ललितपुरकै बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी समेत गरे ।

प्रदर्शन चर्किएसँगै प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो । घटनामा दुईजनाको ज्यान गएको प्रहरीले जानकारी दिए । 

शुक्रबार किन चर्कियो प्रदर्शन ?
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले मसिंर १९ गतेदेखि नै प्रदर्शन भइरहेको बताएका छन् ।

गत साउनमा सीप बिल्डिङ (पानीजहाज बनाउने) काममा जान इच्छुकका लागि दक्षिण कोरियाले विज्ञापन खुलाएको थियो ।

कोरियाको मानव संशाधन विकास सेवा (एचआरडी कोरिया)ले त्यतिबेला सीप बिल्डिङका लागि आवेदन दिनेहरूले यस वर्ष अर्थात् सन् २०२३ मा मागिने अन्य रोजगारका लागि आवेदन दिन नपाउने गरी विज्ञापन गरेको थियो ।

सोहीअनुसार सहमत भएर त्यतिबेला सीप बिल्डिङमा जान ३५ हजार जनाले आवेदन दिएको निर्देशक सुवेदीले बताए ।

आवेदन दिएकामध्ये भाषा परीक्षामा चार हजार ९८ र त्यसपछिको सीप परीक्षणमा तीन हजार ९८९ जना उत्तीर्ण भएका छन् ।

एचआरडी कोरियाले मसिंर १९ गते उत्पादन वा निर्माण क्षेत्रतर्फ कामदार लैजान करिब १६ हजार जनाका लागि विज्ञापन खुलाएको थियो । उक्त विज्ञापनमा पहिले अन्य क्षेत्रतर्फ जान परीक्षामा सहभागी भएकाले दिन नपाउने भनेर कोरियाले नै निर्णय गरेको शाखाले जनाएको छ । 

गत साउनमा सीप बिल्डिङमा जान आवेदन दिएकाहरूले निर्माण क्षेत्रमा जान पाउनुपर्ने भनेर मसिंर १९ गतेदेखि नै प्रदर्शन गर्न थालेको ईपीएस कोरिया शाखाका निर्देशक सुवेदीले बताए ।

“उतिबेला सन् २०२३ मा खुल्ने थप विज्ञापनमा आवेदन दिन्नौँ भनेर सीप बिल्डिङमा आवेदन दिए । अहिले फेरि उत्पादनमूलक क्षेत्रतर्फमा जान पाउनुपर्‍यो, परीक्षा दिन पाउनुपर्‍यो भनेर मसिंर १९ गतेदेखि नै प्रदर्शन हुन थालेको हो,” बाह्रखरीसँग बोल्दै निर्देशक सुवेदीले भने ।

उच्च अदालतको आदेशपछि झन चर्कियो आन्दोलन
सीप बिल्डिङ सेक्टरमा सामेल भएकाहरूले उत्पादनमूलक क्षेत्रतर्फ पनि आवेदन फाराम भर्न पाउनुपर्ने माग राख्दै १८ जनाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । 

उक्त मुद्दामा सुनुवाइ गर्दै उच्च अदालतले रिटकर्ता १८ जनालाई आवेदन दिन रोक नलगाउन आदेश दिएको थियो । ती १८ जनालाई ईपीएस कोरिया शाखाले आज (शुक्रबार) बोलाएको थियो ।

१८ जनाले आवेदन दिन पाउने उच्च अदालतको निर्णयपछि सबैले पाउनुपर्ने भन्दै शुक्रबार प्रदर्शन गरेका थिए । उच्च अदालत पाटनले ईपीएस परीक्षामा भाग लिन पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेकाहरूका पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro