site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूर्य नेपाल एनपीजीए म्याच प्ले : उपाधिको लागि दिनेश र जयराम भिड्ने

काठमाडौ । डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति र चौथो वरीयताका जयराम श्रेष्ठ सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिका लागि भिड्ने भएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा विहिवार भएको सेमिफाइनल खेलमा तेस्रो वरीयताका दिनेशले १६‍‍औँ होलमा जित आफ्नो पक्षमा पारे । उनले सातौँ वरीयताका रामे मगरलाई ३–२ ले हराउँदै लगातार दोस्रोपटक यो प्रतियोगिताको फाइनलमा स्थान बनाए । उनले नौ होलको समाप्तिमा दुई होलको अग्रता बनाइसकेका थिए । उपाधि रक्षा गर्न दिनेश अब मात्र एक जित टाढा रहेका छन् ।

अर्को सेमीफाइनल खेलमा चौथो वरीयताका जयराम श्रेष्ठले नवौँ वरीयताका भुवन कुमार रोक्कालाई अत्यन्त प्रतिस्पर्धामक खेलमा अन्तिम होलमा हराए । नवौँ होलको समाप्तिमा जयरामले एक होलको अग्रता बनाएका थिए । भुवनले पुनरागमन गर्दै १५ होलको समाप्तिमा एक होलको अग्रता बनाएका थिए । तर, १६‍‍औँ र १७‍‍औँ होल आफ्नो पक्षमा पारेका जयरामले फाइनलमा स्थान सुरक्षित गरे ।

यसअघि आजै भएको क्वाटरफाइनलमा नवौँ वरीयताका भुवन कुमार रोक्काले अप्रत्याशित नतिजा निकाले । उनले पहिलो वरीयताका दाबेदार भुवन नगरकोटीलाई ४–३ ले हराए । जयरामले क्वाटरफाइनलमा पाँचौँ वरीयताका सञ्जय लामालाई २–१ ले हराएका थिए । 

अर्को क्वाटरफाइनलमा दिनेश प्रजापतिले छैटौँ वरीयताका रवि खड्कालाई अन्तिम होलमा हराउँदै संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका थिए । यस्तै, रामे मगरले क्वाटरफाइनलमा १५‍‍औँ वरीयताका प्रदीप कुमार लामालाई २–१ ले माथ दिए । प्रदीपले हिजो पहिलो चरणमा दोस्रो वरीयताका नीरज तामाङलाई हराएका थिए । 

शुक्रबार दिनेश र जयरामबीचको फाइनल खेल ३६ होलको हुने छ । तेस्रो स्थानका लागि भुवन र रामेबीच १८ होलको प्रतिस्पर्धा हुने छ । कुल दुई लाख ५० हजार नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश: ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro