site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रिमियम मूल्यमा आईपीओ निष्कासन : दोषीलाई कारबाही गर्न अख्तियारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नुको औचित्य छानबिन गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकबाट सो छानबिन गरी ३० दिनभित्र जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।

यस्तै, उक्त विषयमा दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिइएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्