अर्थ व्यवसाय
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले हाइड्रोपावरका प्रमोटर सेयरधनीले आयोजनाको निर्माण सम्पन्न नभएसम्म एकतिहाइ सेयर राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकबाट यस्तो निर्देशन दिइएको हो ।
अहिले तीन वर्षमा प्रमोटर सेयरको ‘लकिङ पिरियड’ छ । लकिङ पिरियड सकिएपछि पनि प्रमोटर सेयरधनीले एकतिहाइ सेयर राख्नुपर्ने ऐन बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० १४:४८
प्रतिक्रिया दिनुहोस्