site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलले पहिल्यै जानकारी दिनुपर्थ्यो, दिएन : खनाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल खरिद–बिक्रीपूर्व आफूहरूलाई जानकारी नगराइएको बताएका छन् । दूरसञ्चार कम्पनी खरिद–बिक्रीपूर्व जानकारी गराउनुपर्ने प्रावधान रहेको उनले स्पष्ट पारे ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले किनबेचबारे जानकारी गराउन एनसेललाई पटक–पटक अनुरोध गरिएको बताए ।

“दूरसञ्चार ऐनले खरिद–बिक्रीअघि अनुमति लिनुपर्ने भन्छ,” उनले भने, “प्रविधि हस्तान्तरण ऐनले ३० दिनभित्र जानकारी गराए हुन्छ भनेको छ, यो दुई ऐन बाझियोजस्तो छ ।”

बैठकमा सञ्चारसचिव कृष्णबहादुर राउतले एनसेलका विषयमा उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको जानकारी दिए ।

“एनसेलको विषयमा उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको छ । समितिलाई प्राधिकरणले आवश्यक विवरण बुझाइरहेको छ,” उनले भने, “यसले वैदेशिक लगानीको अवस्थामा पर्न सक्ने असरबारे तत्काल आवश्यक कदम चाल्नुपर्छ । सरकारले रिपोर्ट आइसकेपछि चाल्नुपर्ने कदम चाल्नेछ ।”

कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार (कानुन) टोपबहादुर विष्टले आफूहरूको कार्य अभिलेख राख्ने मात्र भएको बताए ।

“हामीले लास्टमा अभिलेख मात्र राख्ने हो । हामीले दूरसञ्चारको अनुमतिले उद्योग विभागको अनुमतिपछि अन्तिममा अभिलेख राख्ने हो । एनसेलको हकमा रेबोल्ड बिक्री भएको छैन, मदर कम्पनी मात्र परिवर्तन भएको छ,” उनले भने, “त्यसैले यहाँ केही फेरबदल भएको छैन । यस्तोमा के गर्न सकिन्छ भनेर कानुन अथवा के गर्न सकिन्छ भनेर सुझाव लिइरहेका छौँ । हाम्रो अहिले यसमा केही छैन ।”

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro