site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
८० हजारले अवलोकन गरे मोरङ व्यापार संघ एक्स्पो

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ एक्स्पो करिब ८० हजारजनाले अवलोकन गरेका छन् । शिथिल बनेको आर्थिक क्षेत्र चलायमान गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघले जनाएको छ ।

संघका अध्यक्ष नवीन रिजालले पाँच दिनको अवधिमा ८० हजारजनाले एक्स्पो अवलोकन गरेको बताए । पुस ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्स्पो उद्घाटन गरेका थिए ।

Argakhachi Cement Island Ad

e2-1703739378.jpg
 

एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरी कुल २५० स्टल राखिएको छ । औद्योगिक, कृषि तथा व्यापारिक क्षेत्र र सरकारी निकायका स्टल समेत रहेको अध्यक्ष रिजालले बताए ।

उनले भने, “बजार, व्यवसाय, औद्योगिक, कृषि, सेवा सबै क्षेत्र सुस्त छन् । यसलाई केही चलायमान गराउन प्रयास गरेका हौँ ।”

e3-1703739415.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्