site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस, दिउँसो कस्तो हुनेछ मौसम ?
 फाइल तस्बिर

काठमाडौं । उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

काठमाडौंमा बिहान ५ः४५ को न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । मौसमविद् सरोज पुडाशैनीका अनुसार दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले राति कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro