site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयनराज पाण्डे भन्छन्– कथा लेखनमा कमजोरी छ, आत्मरतिमा रमाइरहेका छौँ 

काठमाडौं । साहित्यकार नयनजराज पाण्डेले नेपाली कथा लेखन साहित्यमा थुप्रै समस्या रहेको बताएका छन् । अग्रजदेखि आजको पुस्तासम्म पनि कथा लेखनमा समस्या रहेको उनको भनाइ छ । 

नेपाली साहित्यको सुरुको पुस्तादेखि अहिलेको नयाँ पुस्तासम्म आत्मरतिमा रमाइरहेको उनी बताउँछन् । “अघिल्लोदेखि हाम्रो पुस्ता र अहिलेको नयाँ पुस्ता कथा लेखनमा आत्मरतिमा रमाइरहेको छ,” साहित्यकार पाण्डे भन्छन्, “हामी विशिष्ट साहित्य लेखिरहेका छौँ भन्ने आत्मरतिमा छौँ । हामी कथा लेखनमा पात्र चयन, शिल्प, विषयवस्तु, संयोजन र विचारमा कसरी उपस्थित हुने भन्नेमा चुकिरहेका छौँ ।” 

कथाका पात्रहरूसँग कसरी ‘डिल’ गर्ने, पात्रहरूको संरचना कसरी मिलाउने भन्ने कुरामा कथाकारहरूबाट कमजोरी भइरहेको उनको भनाइ छ । अग्रजदेखि अहिलेको पुस्तासम्म यो समस्या रहेको उनी खुलेरै भन्छन् । 

“हामी पात्रमार्फत कथा भन्छौं । कथाका हकमा पात्रहरू सबैभन्दा सम्मानित व्यक्ति हुन् । यो मैले देखेको अहिलेसम्मको सबैभन्दा ठूलो समस्या हो । यो गल्ती मैले पनि हटाउनुपर्छ र अरुले पनि सच्याउनुपर्छ,” पाँचौं १२खरी कथा लेखन प्रतियोगिता तथा विजेता घोषणा कार्यक्रममा साहित्यकार पाण्डेले भने, “हामीले पात्रलाई आफू उभिएको ठाउँबाट हेर्दा रहेछौँ । म कुन वर्ग, समुदाय, जाति, रुप, स्वभावको हुँ त्यसको आधारमा उभिने र पात्रलाई हेर्र्दारहेछौं । यसले एउटै कथामा पात्रले गर्ने डिलिङमा हामी पूर्वाग्रही भइरहेका रहेछौँ ।” 

पात्रमा सहानुभूति प्रकट गर्ने, उसको जीवन परिवर्तन होस् भन्ने पनि चाहने तर तिनै पात्रप्रति कथाकारले विभेद पनि गरिरहेको उनको बुझाइ छ । पात्रलाई निम्न तहमा राखेर मूल्यांकन गरिरहेको उनको भनाइ छ । 

“बीपीका कथा जसलाई हामीले कण्ठ गरेर आयौँ । यो समस्या उहाँका कथामा पनि छ । बीपीकै कथामा श्रीमानलाई तिमी भनिएको हुन्छ । तर त्यही पात्रकी श्रीमतीलाई तँ भनिएको छ । पुरुषलाई सम्मान र महिलालाई अपमान गरिरहेको छ,” साहित्यकार पाण्डे अगाडि थप्छन्, “यो अग्रजले पनि गरे, मैले पनि गरेँ । आज पनि यो कमजोरी नयाँ पुस्ताबाट भइरहेको छ । यो कमजोरी म पनि हटाउने प्रयास गर्छु । अहिलेको पुस्ताले पनि सच्याउने प्रयास गर्नुपर्छ ।”

लेखकको वैचारिकता अनुसार पात्रमा संबोधन भइरहेको र त्यो नै गलत भएको उनको टिप्पणी छ ।  

कथा भन्ने तौरतरिकामा पनि परिमार्जन आवश्यक रहेको उनको धारणा छ । “कथा भन्ने टेक्निक अब परिवर्तन गर्नुपर्छ । हामी निकै सतही भएर काम गइरहेका छौँ । शिल्पमा मिहिनेत गर्नुपर्छ । हामी भाषामा निकै अल्छि गरिरहेका छौँ,” उनले भने । 

यद्यपि, पछिल्लो समयका केही कथामार्फत भने परिवर्तनमा अपेक्षा गर्न सकिने बताए । बाह्रखरी उत्कृष्ट कथा संग्रहमा छापिएका आधा कथामा पात्र, भाषा र शिल्पमा मिहिनेत गरेको पाइएको उनले स्पष्ट पारे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro