देश

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको बताएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८० ०६:३२
प्रतिक्रिया दिनुहोस्