site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु, फरार चालक आफैँ सम्पर्कमा आए
SkywellSkywell

पोखरा । कास्कीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । पोखरास्थित बागलुङ बसपार्कबाट जिरो किमितर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट दुईजना पैदलयात्रीको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बाग्लुङको ढोरपाटन–६ का २० वर्षीय ढालेन्द्र छन्त्याल र अहिलेसम्म नाम थर वतन नखुलेको अन्दाजी ३५ वर्षीय एकजना पुरुष रहेका छन् । छन्त्यालको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा निधन भएको हो ।

Dabur Nepal
NIC Asia

प्रहरीले कारलाई घटनालगत्तै नियन्त्रणमा लिएको थियो । तर, चालक कास्की माछापुच्छ्रे गाउँपालिका–२ खादरजुङका ३२ वर्षीय भक्तराम गुरुङ फरार भएका थिए । तर, अहिले उनी आफैँ सम्पर्कमा आइसकेको कास्की प्रहरीका डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu