site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं मेडिकल कलेजमा दुर्लभ सर्जरी

काठमाडौं । काठमाडौं मेडिकल कलेजले फोक्सोमा जमेको पिप अप्रेसन नगरी निकालेको छ । छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पिप निकालिएको हो । जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी भनिन्छ । यो सर्जरी नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको काठमाडौं मेडिकल कलेजका बालरोग चिकित्सक डा. आशिषलाल श्रेष्ठले बताए । 

उनले काठमाडौं मेडिकल कलेजले नौ वर्षीया बालिका आकृति ठाकुरको छातीमा निमोनियापछि पिप जम्ने समस्या भएको र सो समस्या अप्रेसन नगरी निकाल्न सफल भएको बताए । यसअघि छाती चिरेर अप्रेनि गर्नुपर्ने भए पनि यस पटक भने नेपालमै पहिलो पल्ट अप्रेनि भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरीबाट पिप बाहिर निकालिएको उनको भनाइ छ । 

अप्रेसन गर्दा बिरामीलाई ठिक हुन लामो समय लाग्ने तर यो सर्जरीले ठिक हुन कम समय लाग्ने र बिरामीलाई कम दुःख हुने बताए । यो सर्जरीको अप्रेसन सेवाको खर्चमा भने खासै फरक नरहेको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro