site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्को हिउँदे अधिवेशनबाट टीआरसी विधेयक पास गर्न शीर्ष तीन दल सहमत

काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन बनाइएको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी)विधेयकलाई चाँडो निष्कर्षमा पुर्‍याउन शीर्ष नेताहरू सहमत भएका छन् । सोमबार साँझ प्रधानमन्त्ती निवास बालुवाटारमा बसेको विज्ञसहितको शीर्ष तीन दलको बैठकले सदनको आगामी अधिवेशनबाट टीआरसी विधेयक पास गर्नुपर्ने सहमति जुटाएको छ ।

प्रधानमन्त्ती पुष्पकमल दाहाल 'प्रचण्ड', प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरू बैठकमा सहभागी थिए ।

बैठकपछि नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले विधेयकको विषयवस्तुमा सहमति नजुटे पनि चाँडो निष्कर्षमा पुर्‍याउन सहमति भएको जानकारी दिए । उनले संसद्को कानुन न्याय समितिले बनाएको उपसमितिले टुंगो नलगाएका चार बुँदामा सौहार्दपूर्ण छलफलको सुरुवात भएको बताए ।

Dabur Nepal
NIC Asia

“नमिलेको चार बुँदामा के गर्ने भन्ने सहमति भएको छैन । तर, आजबाट संवादको पोको खोलिएको छ,” उनले भने ।

बर्तौलाका अनुसार बैठकमा एमाले अध्यक्ष ओलीले पीडितलाई केन्द्रमा राखेर विधेयक बनाए एमाले बाधक नबन्ने बताएका थिए । अन्तर्राष्ट्रिय मानव अधिकारको सवाल, सर्वोच्च अदालतको फैसलालगायतका विषयमा ध्यान दिएर मात्र विधेयक अघि बढाउनुपर्ने ओलीको भनाइ थियो ।

“चाँडोभन्दा चाँडो टुंगोमा पुर्‍याउने काममा एमाले बाधक बन्दैन । यसका लागि पीडितलाई केन्द्रमा राखेर विधेयक बन्नुपर्छ भनेर अध्यक्षज्यूले स्पष्ट भन्नुभएको छ,” उनले भने । 

बैठकमा संविधानसभा सदस्य राधेश्याम अधिकार, खिमलाल देवकोटा तथा पूर्व कानुनमन्त्रीसमेत रहेका अग्नि खरेल पनि सहभागी थिए । 

के छ चार बुँदामा ?

टीआरसी विधेयक हाल संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा छ । समितिले विधेयकमा उपसमिति बनाएर दफावार छलफल गरेर प्रतिवेदन तयार पारेको छ । तर, चारवटा बुँदामा उपसमितिले सहमति जुटाउन सकेको छैन ।

उपसमितिले चार बुँदामा थप छलफल गर्नुपर्ने बताएर गएको असोज २३ गते पूर्णसमितिमा प्रतिवेदन बुझाएको छ । तर, समितिले यो विषयलाई के गर्ने भन्ने टुंगो लगाउन सकेको छैन । यसमा राजनीतिक सहमतिको नाममा तीन दलका नेताको सहमति खोजिएको छ । 

उपसमितिले थप छलफल गर्नुपर्ने चार बुँदाको पहिलो नम्बमा मानव अधिकारको गम्भीर उल्लङ्घनमा समावेश गरिएको स्वेच्छाचारीरूपमा क्रूरतापूर्वक गरिएको हत्या/दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय छ । दोस्रो बुँदामा सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषय रहेको छ । 

उपसमितिले बुझाएको प्रतिवेदनमा मानव अधिकारको उल्लङ्घनको घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने विषय पनि मिलेको छैन ।

यस्तै, चौथो नम्बरमा रहेको घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय काम गर्न सकिने व्यवस्था वा प्रतिशत नै तोकेर जाने भन्ने विषयमा पनि सहमति हुन सकेको छैन ।

यी विषयमा समितिले सहमतिको नाममा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापतिको मुख ताकेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro