site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शीर्ष तीन दलका नेताहरूको बालुवाटार बैठकमा के भयो ?

काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक देखिएका छन् । सोमबार साँझ बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताहरूको बैठकमा पीडितकेन्द्रित कानुन बनाउन सरकार तयार देखिएकाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन विषयमा सकारात्मक छलफल भएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले पीडितले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बनाउन शीर्ष नेताहरूबीच सहमति जुटेको बताए । नेताहरूबीच आउदो हिउँदे अधिवेशनमा टीआरसी विधेयक संसद्‌मा प्रस्तुत गर्ने पनि सहमति भएको छ ।

Dabur Nepal
NIC Asia

"पीडितमैत्री कानुन बनाउने हो भने तत्काल अघि बढोस् । आउँदो हिउँदे अधिवेशनमा भिक्टिमले न्याय पाएको अनुभूति गर्ने गरी कानुन बन्ने हो भने नेकपा एमाले यही कुरा भनिरहेका छौँ । सरल ढंगले अघि बढ्छ । सकारात्मक निष्कर्ष भनेको आगामी संसद्को अधिवेशन विषय लैजाने र केही दिनमा पुनः शीर्ष नेताहरूको छलफल हुने भन्ने निष्कर्ष छ," बर्तौलाले भने ।

 

सचेतक बर्तौलाले आउने संसद्‌मा विधेयक प्रस्तुत गर्नका लागि शीर्ष नेताहरू एकजुट भएर संवादमार्फत विषय टुंग्याउनु राम्रो कुरा भएको बताए ।

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)का नेताहरू सहभागी थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro