site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चुनावमा उमेदवारको योग्यता स्नातक उत्तीर्ण र ६५ वर्ष ननाघेको तोक्न सुझाव 

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उमेदवारी दर्ता अनलाइनमार्फत गर्नुपर्ने सुझाव आएको जनाएको छ । 

यही पुस ६ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको १७औँ वार्षिक प्रतिवेदनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उमेदवारी मनोनयन सम्बन्धमा त्यस्तो सुझाव आएको उल्लेख गरेको छ ।

आयोगले निर्वाचनको बेलामा भएका कार्यशालामा आएका सुझावलाई प्रतिवेदनमा समेटेको छ । जसमा राजनीतिक दल र उमेदवारबीच सद्भावको अभाव औंल्याएको छ । कम्तीमा स्नातक उत्तीर्ण गरेको र ६५ वर्ष नघाघेको व्यक्ति उमेदवार बन्न पाउने कानुनमै व्यवस्था गर्नुपर्ने सुझाव आएको उल्लेख छ । 

त्यस्तै, प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ कम्तीमा ०.५ प्रतिशत र प्रत्यक्षतर्फ कुल सदस्यको १० प्रतिशत उमेदवार नदिने राजनीतिक दलको दर्ता खारेजी गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।
Aayog-1703500879.png

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro