site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘एल्लो फिभर’को खोप अभाव 

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)मा ‘एल्लो फिभर’विरुद्धको खोप अभाव भएको छ । दैनिक १० देखि १५ जनालाई दिइँदै आएको खोप पछिल्लो केही समययता नआएपछि एनपीएचएलले हाललाई खोप दिन बन्द गरेको छ । 

आधिकारिक विक्रेताले खोप समयमा आपूर्ति नगरेको र एनपीएचएलसँग स्टकमा खोप नरहेको कारणले सेवा बन्द गर्नुपर्ने अवस्था आएको एनपीएचएलका सूचना अधिकारी कृष्णप्रसाद जैशीले बताए । 

सरकारी तवरबाट एनपीएचएलले सुलभ शूल्कमा उपलब्ध गराउँदै आएको सो खोप निजी स्वास्थ्य संस्थामा आठ हजार रुपैयाँसम्म पर्ने गरेको छ । एनपीएचएलले तीन हजार ६०० रुपैयाँ प्रतिखोप उपलब्ध गराउँदै आएको जैशीले बताए । 

विश्व स्वास्थ्य संगठनले ४२ भन्दा बढी देशलाई एल्लो फिभरको जोखिमयुक्त मुलुकको सूचीमा राखेको छ । जसमध्ये २० अफ्रिकी र एक अमेरिकीसहित हाल २१ वटा देशले अन्तर्राष्ट्रिय यात्रुलाई एल्लो फिभरको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरेका छन् । 

शान्ति सेनामा जाने नेपाली सेनासहित दैनिक १० देखि १५ जनाले एनपीएचएलबाट सो खोप सेवा लिँदै आएका थिए ।  

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्