site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आरती साहका श्रीमान् मोतीबावु पक्राउ

काठमाडौं । प्रहरीले आरती साहका श्रीमान् मोतीबावुलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेशसँगै उनी पक्राउ परेका हुन् । यसअघि पक्राउ परेका उनी उच्च अदालत जनकपुरको आदेशपछि छुटेका थिए । मोतीबावुलाई मंसिर २० गते सर्वोच्च अदालतले पुनः पक्राउ गरेर थुनामा राख्न आदेश गरेको थियो ।

सोही आदेश कार्यान्वयका लागि उनलाई जनकपुर प्रहरीले पक्राउ गरेको हो । जेठ ७ मा श्रीमती आरती साह घरमै मृत फेला परेकी थिइन् ।

Dabur Nepal
NIC Asia

तर, माइती पक्षले भने आरतीको मृत्यु मोतीबावुको कुटपिटका कारण भएको भन्दै धनुषा प्रहरीमा मोतीबावु र उनका बुवा मदनमोहन सुडीविरुद्ध जाहेरी दिएको थियो । सोही जाहेरीपछि प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । जिल्ला अदालत धनुषाले उनीहरुलाई अनुसन्धानका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर, पछि उच्च अदालतले भने बाबुछोरालाई नै छोड्ने आदेश दिएको थियो । 

अदालतको उक्त आदेशपछि आरतीका आमाबुवा काठमाडौंको माइतीघरमा महिनाैं धर्नामा बसेका थिए । सोही प्रकरणमा प्रहरीको अनुसन्धान सन्तोषजनक नरहेको भन्दै धनुषाका तल्कालीन प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि कारबाहीको माग गरेका थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro