site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निजी क्षेत्रका इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्न नेईएको माग

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए)ले निजी तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग गरेको छ ।

आइतबार नेईएका महासचिव इन्जिनियर रवि भुषण झा र अध्यक्ष इन्जिनियर हरिबहादुर दर्लामीले जारी गरेको प्रेस विज्ञप्तिमा निजी तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियर तथा आर्किटेक्टको पारिश्रमिकबारे हालसम्म कुनै नीति तथा नियम नबनेकोमा असन्तुष्टि व्यक्त गरिएको छ ।

Dabur Nepal

नेपालमा निजी तथा सरकारी गरी हाल ४८ वटा इन्जिनियरिङ कलेज रहेको र विभिन्न संकायका गरी वार्षिक आठहजार इन्जिनियर उत्पादन हुने भएका कारण न्यूनतम पारिश्रमिक तोक्न आवश्यक रहेको नेईएको भनाइ छ ।

अधिकृतस्तरका सरकारी इन्जिनियरको मासिक तलब ४३ हजार ६८८ रहेकोमा निजी क्षेत्रका इन्जिनियरको मासिक तलब ३७ हजार १३५ हुनुपर्ने नेईएको माग छ ।

नेईएले सरकारी सेवाका इन्जिनियर तथा आर्किटेक्टको सबै सुविधा गरी हुन आउने मासिक तलबको ८५ प्रतिशतले नघट्ने गरी निजी क्षेत्रमा कार्यरत इन्जिनियर तथा आर्किटेक्टको न्यूनतम तलब तोकिनुपर्ने माग गरेको हो ।

सरकारी सेवामा तलब वृद्धि हुँदै जाँदा निजी क्षेत्रमा पनि सोही आधारमा समयानुकूल समायोजन तथा वृद्धि हुँदै जाने नीतिगत व्यवस्थासमेत हुनुपर्ने नेईएको माग छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro