site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे भोलि पनि छलफल गरिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे शीर्ष दलका नेताबीच बालुवाटारमा छलफल भएको छ ।

आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि भएका छलफल र नमिलेका विषयबारे बैठकमा जानकारी गराइएको बताए । 

सो विधेयकमा भोलि (सोमबार) पनि छलफल गरिने बताइएको छ । शीर्ष नेताहरूसहित प्रत्येक दुई/दुईजना विषय बुझेका पनि बस्ने सचेतक लेखकले बताए ।

बालुवाटारमा पुनः बस्ने बैठक भोलि दिउँसो ४ बजेका लागि बोलाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro