site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

विद्युत् महसुल तिर्न बाँकी रहेका केही ठूला उद्योगलाई दिएको बिजुलीको  लाइन नेपाल विद्युत् प्राधिकरणले काटिदिएको छ । केही महिना पहिले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि बक्यौता उठाउन गरिनलागेको कारबाही रोकिएको थियो ।

देशमा चर्को विद्युत् कटौती गरिएताका उद्योगहरूलाई ‘डेडिकेटेड’ तथा ‘फिडर’ लाइनबाट सरकारले विद्युत् आपूर्ति गरेको थियो । त्यतिबेला खपत भएको करिब २२ अर्ब हाराहारीको बक्यौता उठाउन अहिले प्राधिकरणले आक्रामक कारबाही सुरु गरेको बताइएको छ । 

पहिलो चरणमा शुकवार सबैभन्दा धेरै बक्यौता भएका चार उद्योगमा विद्युत् आपूर्ति बन्द गरिएको छ । प्राधिकरणका अनुसार ती उद्योगहरूले ८ अर्ब ७४ करोड रुपियाँ विद्युत् महसुल प्राधिकरणलाई बुझाउन बाँकी छ ।

Dabur Nepal
NIC Asia

यसपछि क्रमशः महसुल नतिरेका अरू उद्योगको पनि लाइन काटिने चेतावनी पनि प्राधिकरणले दिएको छ । त्यस अवस्थामा लाइन नकाटिएका ठूला उद्योग बिरलै बाँकी रहनेछन् । त्यसो भयो देशको उद्योग क्षेत्रको मनोबल नराम्ररी खस्किनेछ । 

यसका लागि विद्युत् प्राधिकरणलाई मात्र दोषी ठान्नु भने न्यायोचित हुनेछैन । प्राधिकरणले त जनसाधारणको भागको बिजुली कटोती गरेर उद्योगहरूलाई दिएको थियो । उद्योगहरूले पनि तोकिएको महसुल तिर्न मञ्जुर गरेरै प्रयोग गरेका हुन् ।

करारको सामान्य नियमअनुसार त उद्योगहरूले बाँकी देखिने महसुल प्राधिकरणलाई तिर्नैपर्ने हुन्छ । त्यसमाथि प्राधिकरणको बक्यौता सरकारी बाँकीसरह उठाउने कानुनी व्यवस्था पनि छ । तर, बक्यौता उठाउँदा चालु उद्योगहरू बन्द भए भने उठतीभन्दा खती धेरै हुनेछ । 

डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल बक्यौताको विवाद नयाँ होइन । प्राधिकरणले उठाउने र उद्यमीले नतिर्ने खेल केही वर्षदेखि नै खेलिरहेकै हुन् । राजनीतिक नेतृत्वको द्वैध चरित्रले पनि यो विवाद सल्टिनबाट रोकियो । 

प्रधानमन्त्री दाहालले नै केही महिना पहिले आफूले रोकेको बक्यौता असुलीका लागि अहिले ‘हरियो झन्डा’ देखाएका छन् । सम्भवतः प्रधानमन्त्रीको आड पाएको ठानेर नै प्राधिकरण आक्रामक भएको हुनुपर्छ । 

नेपालमा उद्योगीहरू पनि व्यावसायिक इमानदारी देखाउनुभन्दा राजनीतिक वा प्रशासनिक नेतृत्वलाई ‘रिझाएर’ काम चलाउन बढी रुचाउँछन् । उनीहरू त राज्यको कुनै पनि अङ्ग र निकायका अधिकारीलाई सहजै पट्याउन सकिने ठान्छन् । 

यही कारणले उद्योगहरूले बक्यौता महसुल तिर्न प्राधिकरणले गरेको ताकेता र आपूर्ति बन्द गर्ने चेतावनीलाई गम्भीरतापूर्वक नलिएको हुनुपर्छ । अहिलेको विद्युत् कटौतीले राजनीतिक नेतृत्वलाई एकपटक रिझाएर नपुग्ने पाठ उद्यमीहरूले सिके भने भलै हुनेछ ।

ठूला उपभोक्तालाई यसरी बिच्काउँदा प्राधिकरको पनि दीर्घकालीन हित हुनेछैन । त्यसमाथि उद्यमी र प्राधिकरणको महसुल बक्यौताको हिसाब पनि मिलेको छैन । आपसमा सामाधान नभए विवादलाई न्यायिक प्रक्रियाको जिम्मा दिए हुन्छ । यद्यपि, यसबाट समय र स्रोतको समेत अपव्यय हुनेछ ।

यसैले सरकारले विशेषगरी प्रधानमन्त्री दाहालले अग्रसर भएर महसुलको हिसाब सम्बन्धी विवाद सल्टाउन विशेषज्ञहरूलाई लगाउने र मनासिब ठहरिएको महसुल तिर्न उद्योगीहरूलाई राजी गराउनु उचित हुनेछ । उद्यमीहरूले पनि बक्यौता एकमुस्ट तिर्न नसकिने भए समयतालिका बनाएर तिर्ने तत्परता देखाउनुपर्छ । 

विद्युत् महसुल नतिरेका कारण नेपालका ठूला उद्योगहरूमा विद्युत् आपूर्ती बन्द गरिएको समाचारले उद्यमीहरूको पनि साख गिर्नेछ । यसैले कसैको पनि भलो नहुने यो विवादलाई कुनै पक्षले पनि प्रतिष्ठाको प्रश्न नबनाओस् ।    

त्यसपछिको हुने राष्ट्रिय क्षति र त्यसको दीर्घकालीन परिणाम भयावह हुनसक्छ । विद्युत् प्राधिकरको नेतृत्वले बढी पौरख देखाउन खोज्दा कतै पूरै बक्यौता नडुबोस् भनेर सजग हुनुपर्छ । सबै विवादको स्वीकार्य समाधान हुन्छ भने महसुल बक्यौताको पनि पक्कै होला ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu