site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीले सच्यायो अपानि : सार्वजनिक आरोप–प्रत्यारोपमा नउत्रिन निर्देशन (पूर्णपाठ)
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अन्तरपार्टी निर्देशन (अपानि)–११ सच्याएको छ । यसअघि केन्द्रीय समितिको छैटौँ बैठकको निर्णय समेटेर जारी गरिएको अपानिमा उल्लेखित कार्यविभाजनप्रति आपत्ति जनाउँदै केही केन्द्रीय सदस्यले पार्टी नै छाडेको घोषणा गरेका थिए ।

पार्टीमा असन्तुष्टि बढेपछि अपानि सच्याएको हो । पार्टी सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठ अपानि सच्चाएर बुधबार पुनः जारी गरिएको बताए । पार्टीको ६७औँ सचिवालय बैठकले अपानि सच्याएर पठाउने निर्णय गरेको थियो ।

Dabur Nepal
NIC Asia

बैठकले अपानिको विषयलाई लिएर सार्वजनिक टिप्पणी गरिएको भन्दै आपत्ति जनाएको छ । बुधबार जारी भएको अपानिमा चित्त नबुझेका कुरामा सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा नउत्रिन निर्देशन पनि दिइएको छ ।

“जिम्मेवारी हेरफेर पार्टी जीवनमा नियमित विषय हो । त्यसमा चित्त नबुझे आफ्नो मत राख्न सकिन्छ तर त्यस्ता विषयलाई लिएर सार्वजनिक आरोप–प्रत्यारोपमा नउत्रिन पार्टी पङ्क्तिलाई निर्देशित गर्ने,” सचिवालय बैठकको निर्णयबारे अपानिमा उल्लेख छ ।

अपानिमा सबैले चाहेको जिम्मेवारी नपाउने भन्दै समस्या देखिनु स्वभाविक भएको उल्लेख छ । पार्टीको महाधिवेशनको समस्या हल गर्ने पनि जनाइएको छ ।

“कुनै पनि कमिटीमा सधैँका लागि सबैले चाहेको जिम्मेवारी प्राप्त हुँदैन । कहिले आफूले चाहेजस्तो हुन्छ भने कहिले त्यस्तो हुँदैन । फेरि, भर्खर व्यवस्थित हुने क्रममा रहेको र अधिवेशनहरूबाट निर्वाचित कमिटीहरू नबनिसकेको अवस्थामा हाम्रो पार्टीमा कार्यक्षेत्र व्यवस्थापनमा समस्याहरू देखिनु स्वाभाविक हुन्छ,” अपानिमा भनिएको छ, “अपानि जारी गर्ने र फिर्ता लिने निर्णयले कतिपय कमरेडहरुलाई असजिलो लाग्नु स्वाभाविक छ । भविष्यमा यस्ता कमजोरी नदोहोर्‍याउन र अपानि जारी गर्ने काममा अहिलेजस्तो ढिलाई नहोस् भन्ने कुरामा ध्यान दिइनेछ ।”

यस्तो छ संशोधित अपानि

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu