site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङको बुढीगंगामा साढे २ अर्ब लागतमा इन्टरनेसनल अस्पताल बनाइने

विराटनगर । शिवम् अर्गनाइजेसनले मोरङको बुढीगंगा गाँउपालिका वडा नम्बर १ मा २०० शय्या क्षमताको अस्पताल निर्माण गर्ने भएको छ । अर्गनाइजेसनले ३०० शय्यासम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।

नेपाल सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पूरा गरी निर्माण हुन लागेको अस्पताललाई आरआर इन्टरनेसनल अस्पताल नामाकरण गरिएको छ ।

अस्पतालबाट जटिल स्वास्थ्य सेवाका लागि विदेश र राजधानीका अस्पताल धाउनुपर्ने बाध्यता कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

अस्पतालबाट जनरल मेडिसन, न्युरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसूति सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टीकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ । सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने जनाइएको छ ।

अस्पतालको लागत करिब २५० करोड पुग्ने अनुमान गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  २०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro