site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

रुसी सेनामा भाडाका सिपाहीका रूपमा भर्ती गरिएका नेपालीमध्ये ४ जना अहिले युक्रेनको जेलमा छन् । प्रधानमन्त्रीले केही दिन पहिले दिएका जानकारीअनुसार अवैधरूपमा रुसी सेनामा करिब २ सय नेपाली भर्ती भएका छन् ।

रुसी सेनामा भर्ती हुनु नेपालको कानुनअनुसार गैरकानुनी काम हो । नेपाल सरकारले पनि रुसी सेनामा भर्ना नहुन नागरिकलाई सावधान गराइसकेको छ । तर, रुसी सेनामा अवैध भर्ती भने नरोकिएको सन्देह गरिएको छ ।

Dabur Nepal
NIC Asia

राज्यले निषेध गरेको थाहा पाउँदा पाउँदै पनि रुसी सेनामा भर्ती भएकाहरू ‘अपराधी’ त हुन् तर नेपाली नागरिक पनि हुन् ।  यसैले तिनको पनि हितको रक्षा गर्ने दायित्वबाट भने राज्य पन्छिन मिल्दैन ।    

त्यसमाथि युद्धबन्दी बनाइएका नागरिकको सुरक्षाप्रति थप संवेदनशील हुनुपर्ने दायित्व  राज्यको हुन्छ । अतः युक्रेनमा बन्दी बनाइएका नेपाली युवालाई मुक्त गराएर नेपाल फर्काउने दायित्वलाई  नेपाल सरकारले प्राथमिकता दिनुपर्छ ।

युक्रेन नेपाली बन्दीलाई ससर्त मुक्त गर्न तयार रहेको जानकारी नेपालका परराष्ट्रमन्त्रीले दिएका छन् । युक्रेन तयार भएको हो भने नेपाली सरकारले त्यसलाई सकारात्मकरूपमा लिएर सक्रिय हुनुपर्छ ।

युक्रेनका न्यायोचित सर्तहरू नेपालले सहानुभूतिपूर्वक स्वीकार पनि गर्नुपर्छ । पहिलो त युक्रेन शक्तिशाली छिमेकीको थिचोमिचोमा परेको सानो राष्ट्र भएकाले सहानुभूतिको पात्र हो । साथै, नेपाली नागरिकलाई मुक्त गर्न तयार भएर यसले सद्भाव देखाएको छ ।

रुसी सेनामा भर्ती भएर युक्रेनमा आक्रमण गर्न पुगेका नेपालीलाई ‘कारबाही’ हुनुपर्ने युक्रेनको माग अनुचित पनि होइन । रुसी सेना वा अन्यत्र कतै नेपालीहरू राज्यको अनुमतिबेगर भाडाका सैनिक बन्न रोक्नैका लागि पनि कारबाही हुनु जरूरी देखिन्छ । 

यसैले युक्रेनमा बन्दी बनाइएका नेपालीलाई फिर्ता ल्याउन सरकारले सम्पूर्ण कूटनीतिक उपाय प्रयोग गरोस् । साथै, रुसमा अवैधरूपमा मानव तस्करी गर्ने गिरोह पक्रन पनि सरकारले सबै शक्ति लगाओस् । कम्तीमा राज्य भएको अनुभूति त होस् !
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu