site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुक्खा पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं । सुक्खा पहिरो जाँदा अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।  

धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, लाल्टिन बजारनजिकै सुक्खा पहिरो जाँदा अवरुद्ध बनेको सडक एकतर्फी खुलेको धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवालले बाह्रखरीलाई जानकारी दिए ।  

मंगलबार दिउँसो सडक निर्माणको काम भइरहेको स्थानमा सुख्खा पहिरो गएको हो । डीएसपी जैसवालका अनुसार दिउँसो ४ बजेर १० मिनेट जाँदा पहिरो गएको थियो । साँझ ५ बजेर १० मिनेट जाँदा एकतर्फी खुलेको हो ।

सडक अवरुद्ध भएका कारण राजमार्गमा सवारीको चाप बढेको छ । दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको जैसवालले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro