
काठमाडौं । नेपाल तीन वर्षका लागि यूएन टेक्नोलोजी बैंकको गभर्नर काउन्सिलको उपाध्यक्षमा निर्वाचित भएको छ । लोकबहादुर थापा काउन्सिलकोउपाध्यक्षमा निर्वाचित भएका हुन् ।
थापाले सन् २०२० देखि नेपालको परराष्ट्र मन्त्रालयको पूर्वोत्तर एसिया महाशाखामा डिभिजन प्रमुख (सहसचिव)को रूपमा काम गरेका थिए । सन् २०१६ देखि २०२० सम्म थापाले बेल्जियम, नेदरल्यान्ड्सका लागि नेपाली राजदूतका रूपमा काम गरेका थिए । रउनले लक्जेम्बर्ग र युरोपियन युनियनको मिसन प्रमुखको रूपमा काम गरेका थिए ।
थापाले रासायनिक हतियार निषेध संगठनमा नेपालको स्थायी प्रतिनिधिको जिम्मेवारी पूरा गरेका थिए । थापाले परराष्ट्र मन्त्रालयमा २०१४ देखि २०१६ सम्म राहदानी विभागको महानिर्देशक र २०१४ मा दक्षिण पूर्व एसिया महाशाखाको डिभिजन प्रमुखको रूपमा समेत विभिन्न पदमा काम गरेका थिए ।