site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसपी बढुवामा सकस, सात पदका निम्ति १२ डीएसपी प्रतिस्पर्धामा

काठमाडौं । प्रहरी प्रधान कार्यायलयलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सकस परेको छ । एसपीको सात रिक्त पदका निम्ति १२ प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिस्पर्धामा छन् ।

उनीहरू सबैले एकसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । उनीहरू ०७२ साउन १ गते डीएसपीमा बढुवा भएका थिए ।

उनीहरूसँगैका केही डीएसपी भने गएको वैशाखमै बढुवा भइसकेका छन् । यो ब्याचका डीएसपी तीन चरणमा बढुवा भएर एसपी बन्नेछन् ।

१२ डीएसपीमध्येबाट अहिले सातजना मात्र बढुवा हुनेछन् । पाँचजना अझै छुट्नेछन् । सोही कारण अहिले बढुवामा प्रहरी प्रधान कार्यालयलाई सकस परेको हो ।

गएको मंसिर ५ गते पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए । त्यससँगै एसपीतर्फ रिक्त दरबन्दीको संख्या सात पुगेको हो । त्यसअघि, एसपीतर्फ दुई दरबन्दी रिक्त थियो ।

प्रहरी प्रधान कार्यालयले सकेसम्म प्राविधिकतर्फका दुई दरबन्दी समेत साधारण समूहतर्फ समायोजन गरेर नौजनालाई बढुवा गर्ने तयारी गरेको छ । प्राविधिक र एमटी (सवारी व्यवस्थापन) शाखामा रिक्त दरबन्दीलाई साधारण समूहतर्फ सारेर नौ पु¥याउने प्रधान कार्यालयको तयारी हो । तर, त्यसका निम्ति मन्त्रिपरिषद्ले निणर्य गर्नुपर्ने हुन्छ । उक्त प्रक्रियाका निम्ति प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ ।

१२ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट छन् ।

यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको प्रतिस्पर्धामा छन् । प्रहरी प्रधान कार्यालयले १२ जनामध्येबाट नै उत्कृष्ट कार्यसम्पादन भएका डीएसपीको बढुवा गर्ने तयारी गरेको छ ।

प्रतिस्पर्धी १२ जनाले नै आफ्नो बढुवाका निम्ति विभिन्न शक्तिकेन्द्रमार्फत प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरमाथि दबाब सिर्जना गरिरहेका स्रोतको भनाइ छ । एसपीसम्म बढुवाको अधिकार आईजीपीलाई हुन्छ । एसएसपीदेखि माथिल्लो तहको बढुवा गृह मन्त्रालयका सचिवको अध्यक्षताको बढुवा समितिले गर्ने गर्छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro