site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

केही महिना पहिलेको भूकम्पले सुदूरपश्चिम र कर्णाली प्रदेशका कतपय जिल्लामा ठूलो क्षति भएको थियो । भूकम्पबाट प्रभावित जनजीवन अझै सामान्य हुने लक्षण देखिएको छैन । बरु, सरकारी अकर्मण्यताका कारण उनीहरूको जीवन झन् झन् कष्टकर हुँदै गएको छ ।

विशेषगरी बस्ने घर भत्केकाहरूले उचित सहयोःग पाउन नसकेको गुनासो गरिरहेका छन् । घर भत्केकाहरूका लागि अस्थायी आवास बनाउन राज्यका तर्फबाट रकम निकासा गरिएको बताइए पनि अधिकांश पीडितले अस्थायी आवास बनाउने रकम पाउन सकेका छैनन् ।

बाजुराबाट भने भूकम्पबाट प्रभावितका लागि निकासा आएको पहिलो किस्ताको १४ करोडमध्ये ८ करोड रुपैयाँ पीडितलाई नबाँडी केन्द्रमै फिर्ता पठाइएकोः छ । पीडितहरूले चिसोमा कठ्याङ्ग्रिएर ज्यान गुमाउनुपर्ने पर्ने तर निकासा भएको रकम पनि वितरण नहुनु ठूलो आपत्ति र चिन्ताको विषय हो ।

Dabur Nepal
NIC Asia

यसबाट तीनै तहका सम्बन्धित सरकारी अधिकारी र राजनीतिक नेतृत्वको नालायकी र संवेदनहीनता उदाङ्गो भएको छ । समयमा पीडितको तथ्याङ्क सङ्कलन गरी जिल्ला कार्यालयमा नपठाएको कारण बाजुराबाट पैसा फिर्ता पठाइएको रहेछ । 

पीडितको तथ्याङ्क महिनौसम्म पनि सङ्कलन गरेर नबुझाउनु  चरम हेलचेक्याइँ र भूकम्पपीडित जनताको अपमान पनि हो । कर्मचारीको लापरबाही अरू कुनै मुलुकमा भए पक्कै क्षम्य हुने थिएन । 

प्राकृतिक विपत्तिमा गरिने आकस्मिक सहायताको वितरण प्रणाली पूर्वक्रियाशील र मानवीय संवेदनायुक्त हुनुपर्छ । पीडित जनसङ्ख्याको ठूलै समूह सहायता खोःज्न जानसक्ने अवस्थामा हुँदैन ।

जोखिममा परेकामध्ये सहायता वितरण स्थलसम्म पनि जान नसक्नेहरूलाई खोजेर सहायता उपलब्ध गराउनु  मूलतः शासन चलाउनेहरूको लाजमर्दो लापरबाही हो ।   

सत्ता हत्याउने र जोगाउने तिगडमबाहेक नेपालको राजनीतिक नेतृत्वको ध्यान सम्भवतः अन्यत्र जाँदैन । यस्तै कर्मचारीले आफूलाई व्यक्तिगत फाइदा हुनेबाहेक अरू कुनै पनि विषयमा चासो नै देखाउँदैनन् । केन्द्रको यही रोग प्रदेश र स्थानीय तहमा पनि व्याप्त छ ।

सरकार र प्रतिपक्षका नेताहरूमा अलिकति पनि मानवीय संवेदना हुन्थ्यो भने पनि सम्भवतः यस्तो विडम्बना हुने थिएन । यस्तै संवेदनहीनताले समग्र राजनीतिक नेतृत्व र शासन पद्धतिप्रति नै वितृष्णा बढाउँछ ।

यसैले सरकारहरूले आफ्नो औचित्य र उपस्थिति देखाउनैका लागि भए पनि तत्काल पीडितहरूको अवस्थाप्रति गम्भीर बन्नुपर्छ । कारिन्दा र कार्यकर्ताले बिगारेको अवस्था नेता र हाकिमहरूले सुधारून् !

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu