site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको संकल्पयात्रा १६औँ दिनमा

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा १६औँ दिनमा पुगेको छ । यो अवधिमा विभिन्न २९ ठाउँमा आमसभा र १०० भन्दा धेरै भेला सम्पन्न भएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसक्रममा यात्रामा सहभागी पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले करिब आठ लाख सर्वसाधारणसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाएको ज्ञवालीले बताए । “अभियान सकिँदासम्म करिब २५ लाख जनतासँग प्रत्यक्ष/परोक्ष संवाद हुने देखिएको छ । सबैतिर जनताको उत्साहजनक सहभागिता र प्रतिक्रिया पाइरहेका छौँ ।”

Dabur Nepal
NIC Asia

पूर्वी क्षेत्रमा वर्षौँदेखि मिलेर बसेको समाजमा केही सीमित व्यक्तिहरूले पहिचानका नाममा तिक्तता फैलाउन खोजेको ज्ञवालीले बताए । धर्म, संस्कृति, भाषा, भूगोल तोड्ने नभएर जोड्ने विषय भएको उनले उल्लेख गरे ।

यात्राअन्तर्गत शनिबार ९४ किमि दूरी पार गरेर संकल्पयात्रा तेह्रथुमको आठराई पुग्नेछ । वसन्तपुरबाट हिँडेको टोली म्याङलुङ हुँदै आठराई पुग्ने एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए ।

शुक्रबार सभा नभएको तर विभिन्न स्थानमा छलफलका कार्यक्रम गरिने उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro