site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मणिपाल अस्पतालबाट हराएका तनहुँका संगम मिश्र मृत भेटिए

पोखरा । मणिपाल शिक्षण अस्पतालबाट हराएका तनहुँका संगम मिश्र मृत भेटिएका छन् । तनहुँ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर बस्दै आएका मिश्र गएको सोमबार अस्पतालबाटै हराएका थिए ।

मिश्र हराएपछि खोजी गर्दा सेती नदीमाथिको पुलमा उनको परिचयपत्र र कपडा भेटिएको थियो । सेती नदीमा हाम फालेको आशंकामा उनका बुवाले प्रहरीलाई सेती नदीको बाँध खोलेर खोजी गरिदिन आग्रह गरेका थिए ।

त्यसकै आधारमा बिहीबार मध्याह्न १२ देखि ४ बजेसम्म सेती बाँध खोलिएको थियो । त्यसक्रममा उनी मृत अवस्थामा भेटिएका हुन् ।

उनको शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro