site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सार्वजनिक सेवा प्रसारण विधेयक छलफल नै नगरी संसद्‌मा पेस भयो : अध्यक्ष हुमागाईं
फाइल तस्बिर ।

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सार्वजनिक सेवा प्रसारण विधेयक छलफल नै नगरी संसद्‌मा पेस गरिएको भन्दै आपत्ति जनाएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सार्वजनिक सेवा प्रसारण विधेयक सरोकारवालाहरूसँग छलफल नै नगरी संसद्‌मा पेस गरिएकोप्रति आपत्ति जनाएका हुन् । उनले सो विधेयकबिना संशोधन पारित भए अहिलेको भन्दा कमजोर संरचना बन्ने बताए । 

विधेयकमा सञ्चारमन्त्रीको अध्यक्षतामा कार्यकारी परिषद् र कार्यकारी प्रमुख मन्त्रिपरिषद्को बैठकबाट नियुक्ति गर्नेकुरा उल्लेख गरिएको तर त्यो राम्रो नभएको बताए । कानुनी स्वायत्तता प्रदान गर्न नसकेसम्म परिषद् राम्रोसँग सञ्चालन नहुने उनको भनाइ थियो ।

उनले परिषद्को अध्यक्ष प्रतिनिधिसभाको प्रमुख (सभामुख) हुने र सञ्चारमन्त्री, सञ्चार हेर्ने संसदीय समितिको सभापति र राष्ट्रियसभाको उपाध्यक्षसहितको कार्यकारी परिषद्को गठन हुनुपर्ने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro