site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जिम्बाब्वेमा खडेरीले सय हात्ती मरे

हरारे । जिम्बाब्वेमा खडेरीको कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् । 

जिम्बाब्बेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ ।

Dabur Nepal
NIC Asia

पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्तिअनुसार हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो सुरु भएको छ । जसका कारण  झन्डै ४५ हजार हात्तीको बास स्थान रहेको जिम्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दजनौँ हात्तीहरू मरेका छन् ।

कम्तीमा पनि एक सय हात्तीहरू पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको  छ । संस्थाको पार्कमा रहेका १०४ वटा सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ ।

खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तुलाई खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro